×

सेयर बजारमा ३०.७७ अंकको गिरावट

images

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ। यस दिन ओरालो लागेसँगै नेप्से परिसूचक टेवा क्षेत्रभन्दा तल झरेको छ। गत साताको अन्तिम कारोबार दिन टेवा क्षेत्रमा बन्द भएको नेप्से, यस दिन सोभन्दा तल झरेको हो। अब नेप्सेको टेवा क्षेत्र १८०० देखि १८५० सम्मको क्षेत्र रहेको छ। यो १.५६ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम समेत खुम्चिएको छ ।

२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।

आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

आइतबार​ २१ फागुन २०७९ ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया