फलेन्द्र मगर / दुबई
मार्च -४ युएई मा कर्मथलो बनाई विभिन्न पेशा , रोजगार र व्यवसाय गरि युएईको विभिन्न प्रान्तमा छरिएर रहेका मगर हरु भेला भ ई दुब ई मा ४३ औं राष्ट्रीय मगर एकता दिवस भव्य रुपले मनाएको हो ।
कार्यक्रमको अध्यक्षता नयन घर्ति मगर ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा टंक थापा मगर , विशेष अतिथि हरु मा खुम आले मगर, फलेन्द्र बलम्पाकी मगर, डोल राना मगर, सुनिता थापा मगर, मनु गाहा मगर, शिला राना मगर, अतिथि हरु चन्दा पुलामी मगर, मेघ थापा मगर, सुमन थापा मगर, तारा रास्कोटी मगर , मान सारु मगर, प्रदीप पुन मगर, लोक सुनारी मगर लगायत दुब ई क्षेत्रीय समिति, शारजाह क्षेत्रीय समिति, आबुधावी क्षेत्रीय समिति र अल ऐन क्षेत्रीय समितिका सम्पुर्ण मगर दाजुभाई तथा दिदिबहिनी हरु को बृहत उपस्थिति मा सम्पन्न भएको हो ।
राष्ट्रीय गान सँगसँगै पानसमा दीप प्रज्वलन गरि कार्यक्रम को उदघाटन गरिएको थियो। प्रथम सहिद लखन थापा मगर र विभिन्न कालखण्ड मा देश र जनताको लागी ज्यान उत्सर्ग गर्ने ज्ञात अज्ञात मगर वीर सहिद हरु प्रति एक मिनेट मौन धारण गरि सम्मान गरिएको थियो।
उपस्थित सबैलाई कार्यक्रम संयोजक विष्णु राना मगरले स्वागत गर्दै स्वागत मन्तव्य राखेका थिए। रानाले मगर इतिहास र मगर एकताको बारेमा आफ्नो भनाई हरु राखेका थिए। कार्यक्रममा उपस्थित अतिथि हरु सबैले शुभकामना मन्तव्य दिने क्रममा मगर इतिहास धार्मिक अन्यौलता , मगर जातिको संस्कार , संस्कृति र मगर संघको बारेमा चर्चा गरेका थिए।
सोहि अवसरमा युएईमा रोजगार सँगसँगै अध्ययन गरि स्नातक उतिर्ण हुन सफल प्रदीप पुन मगर र पृथ्वी छक बुढा मगर लाई कदर पत्र सहित सम्मान गरेको थियो। त्यसैगरि युएई लाई कर्मथलो बनाई लामो समयसम्म नेपाल मगर संघ शाखा, युएई को विभिन्न पदमा रहि जिम्मेवारी सम्हाल्दै आउनु भएका निवर्तमान अध्यक्ष मनु गाहा मगर र वर्तमान सचिव मेहर थापा मगर लाई बिदाई तथा सम्मान पनि गरिएको थियो।
कार्यक्रममा स्थानिय मगर कलाकार हरु ले सांगितिक प्रस्तुती दिएर थप कार्यक्रम लाई मनोरञ्जनात्मक बनाएका थिए । कार्यक्रम महासचिव होम रजाली मगर र शितल थापा मगरले संचालन गरेका थिए भने सांगितिक कार्यक्रम तर्फ सांस्कृतिक संयोजक समेत रहेका प्रदीप राना मगरले कार्यक्रम संचालन गरेका थिए।
प्रतिक्रिया