×

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आज बस्दैछ । बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।

सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो । आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।

बुधबार २१ फागुन २०८१ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया