×

पार्टीको बैठकअघि रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। स्रोतका अनुसार लामिछानेले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका थिए भने प्रचण्डले गृहको विकल्प रोज्न आग्रह गरेका थिए।

प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्। गृह मन्त्रालय लामिछानेलाई दिएमा स्वार्थ बाझिने भएकाले अन्य कुनै मन्त्रालयमा पार्टीकै सांसदलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

तर, लामिछाने भने गृह मन्त्रालयमै गैरसांसदको रूपमा आफूलाई पठाउन दबाब दिँदै आएका छन् । यो विषयमा कुरा नमिलेपछि रास्वपामा सरकारबाट बाहिरिने अवस्था बन्दै गएको हो ।

चितवन(२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुन: नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् ।

आइतबार​ २२ माघ २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया