आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली राष्ट्रिय टोलीले सफलता हात पारेको छ।
नेपाली टोलीले बिहीबार सम्पन्न दोस्रो अभ्यास खेलमा क्यानडालाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। यससँगै नेपालले अभ्यास खेलहरूमा लगातार दोस्रो जित निकाल्दै विश्वकपअघि आत्मविश्वास बढाएको छ।
खेलमा नेपाली टोलीले सन्तुलित प्रदर्शन गर्दै बलिङ र ब्याटिङ दुवै पक्षमा प्रभावशाली खेल प्रस्तुत गरेको थियो। प्रतियोगिताअघि लय समात्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले अभ्यास खेलमार्फत सकारात्मक संकेत दिएको छ।
प्रतिक्रिया