×

वामपन्थी ध्रुवीकरण सम्भव छैन- उपमहासचिव वर्षमान पुन

images

धनगढी, २३ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्नो दल ०८४ को निर्वाचनसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्पष्ट पारेका छन् ।

प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरु प्रतिपक्षमै बस्ने बताएका हुन् । उनले अब एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि स्पष्ट पारे ।

उनले भने,‘हामीले वामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ, २०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन ।

ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’ सो क्रममा उनले माओवादीले अब आगामी निर्वाचन आफ्नै बुतामा लड्ने र कसैसँगपनि गठबन्धन नगर्ने घोषणा गरे ।

उपमहासचिव पुनले सरकारले संसद् छलेर अध्यादेशबाट शासन गर्नु गलत भएको टिप्पणी गरे । उनले अहिले ल्याईएका अध्यादेश राष्ट्रियसभाबाट अस्विकृत हुनसक्ने आशंका व्यक्त गरे ।

राष्ट्रियसभामा आफ्नो दल सबैभन्दा ठूलो दल भएकोले एकीकृत समाजवादीले पनि विपक्षमा मत जाहेर गरेको र अरु साना दलले पनि साथ दिँदा अध्यादेश अस्विकृत हुने उनको दाबी छ ।

बुधबार २३ माघ २०८१ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया