काठमाडौं । उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्ययोजनाबारे धारणा राखेका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले मधेस क्षेत्रको विकास, रोजगारी सिर्जना र युवाको सहभागिता बढाउन विशेष कार्यक्रम ल्याइने जानकारी दिए ।
वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न वैकल्पिक राजनीति आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उज्यालो पार्टी जनताको आवाज बनेर जिम्मेवार भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया