×

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

images

रामपुर (पाल्पा), २० पुस  : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताउनुभएको छ । 

पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्नुहँुदै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताउनुभयो ।

अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउनुहुँदै उहाँले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताउनुभयो । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उहाँले बताउनुभयो । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको  पर्यटन क्षेत्रको प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उहाँले बताउनुभयो । 

 लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पु¥याएको बताउनुभयो । 

 लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमुलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो । 

विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।  

शुक्रबार​ २० पुस २०८० ०९:२३ PM मा प्रकाशित

प्रतिक्रिया