काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङमाथि कटाक्ष गर्दै उनले उज्यालो नेपाल आफूहरुको योजना भएको कुरा पूनः दोहोर्याएका छन् । हिजोमात्रै उज्यालो नेपाल पार्टीको घोषणासभा राखिएको थियो । उक्त दल अहिलेका उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा खोलिएको हो ।
उनले योजना एमालेको, जस पाएको प्रचण्ड नेतृत्वको माओवादीले र पार्टी चाहीँ कुलमानले खोलेको भन्ने भाव प्रकट गरेका छन् । प्रचण्डले आफ्नो भीजनको कारण लोडसेडिङ अन्त्य भएको दाबी गर्दै आएका थिए । पोखरेलले फेशबुकमा लेखेका छन्–‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले?
प्रतिक्रिया