×

सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

images

काठमाडौं ।  सत्ता गठबन्धनको बैठक सिट बाँडफाँट को टुङो लगाउन दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । त्यस अघि  प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आइतबार बिहान छलफल भएको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुन: छलफलका लागि नेताहरुलाई बोलायिएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा आन्तरिक छलफल गरेर आजसम्म सिट बाँडफाँट संख्या टुंग्याउने नेताहरुले बताएका थिए ।

आज बस्ने गठबन्धनको बैठकमार्फत संघ र प्रदेशको सिट संख्या टुग्याएर अघि बढ्ने अध्यक्ष प्रचण्डले नै बताएका थिए । गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ। कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट बाँडफाँटको विषय टुंग्याउन गाह्रो भइरहेको छ।


 

आइतबार​ १९ भदौ २०७९ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया