काठमाडौं । पारालिम्पिक्समा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन काठमाडौं आइपुगेकी छन् । पलेशालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित खेल क्षेत्रका अधिकारीहरुले बिमानस्थलमा स्वागत गरे ।
पेरिसमा भएको पारालिम्पिक्समा ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो । पलेशासहित नेपाली टोलीलाई नगर परिक्रमा गराइँदै छ । राखेपका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको र्याली नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै रापेख परिसर, त्रिपुरेश्वर पुगेर समापन हुनेछ ।
पारा ओलम्पिक्स अपांगता भएका खेलाडीले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेसाले पदक जितेको के-४४ विधा ‘एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
पलेसाले काँस्य पदकका लागि भएको रिपाचेजमा सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराएकी थिइन्। यसअघि उनले पेरिस पारालिम्पिक्सअन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा जितेकी थिइन्। पलेसा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक्समा सहभागी भएकी हुन्। कास्य पदक जितेकी पलेसाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्।
प्रतिक्रिया