काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सोमबार १६.४६ अंकले बढेर आज २८७५.३५ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ६.८९ प्रतिशतले बढेको छ भनेमोलिंग हाइड्रोको शेयर ५.४९ प्रतिशतले बढेको छ । त्यस्तै आज ट्रेड टावर लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको लिमिटेडको ५५ करोड ९६ लाख र शिभम सिमेन्टको ४३ करोड ६४ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया