×

हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर दुर्घटनाग्रस्त

images

विराटनगर ।  हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । 

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटरतल खसेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सोमबार २० साउन २०८२ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया