हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबि गर्न आव्हान भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि साउन २० गते मंगलबार दिनको २ बजे भित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया