×

रूसी ग्यास कटौती तत्काल असम्भव- जर्मनी

images

मस्कोले यूक्रेनमाथि गरेको आक्रमणको विरोधमा यूरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताउनुभएको छ । 

जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले यूक्रेनमाथि गरेको आक्रमणविरुद्ध स्वीकृतिका रुपमा रूसी ग्यास आयातमा कटौती गर्न ईयूले अहिलेसम्म सम्भव नभएको बताउनुभएको हो ।

इन्धन कटौतीले रूसमा मात्रभन्दा पनि यसले बढी हानि यूरोपलाई गर्ने भएकाले यो सम्भव नभएको उहाँले बताउनुभयो ।

लक्जेमबर्गमा आफ्ना युरोजोन समकक्षहरूसँग वार्ताका लागि आउनुभएका लिन्डनरले भन्नुभयो, “हामीले रुससँग सबै आर्थिक सम्बन्ध कटौती गर्नुपर्छ । तर, अहिले ग्यास आपूर्ति कटौती गर्न सम्भव छैन ।” उहाँले भन्नुभयो, “यसका लागि हामीलाई थप केही समय चाहिन्छ ।”

सोमबार २१ चैत २०७८ ०९:५५ PM मा प्रकाशित

प्रतिक्रिया