×

सरकारमा सहभागी हुने जसपाको निर्णय

images

काठमाडौँ, २१ फागुन : जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । 

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिनुभयो । 

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उहाँले बताउनुभयो । 

सोमबार २० फागुन २०८० १०:१५ PM मा प्रकाशित

प्रतिक्रिया