×

पेट्रोल पम्प व्यवसायीद्वारा कमिशन कटौती गरेकोमा लगाए निगमसँग इन्धन खरिदमा रोक

images

पेट्रोल पम्प व्यवसायीहरुले इन्धन खरिदमा रोक लगाएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अनुसार पेट्रोल पम्म व्यवसायीहरुले पाउने गरेको कमिशन नेपाल आयल निगमले कटौती गरेको विरोधमा इन्धन खरिद रोकिएको हो ।

व्यवसायीहरुको सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरिएको संस्थाले बताएको छ । ‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने ।

बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो । उक्त डिपोबाट दैनिक ७ लाख लिटर डिजेल र ९ लाख लिटर हाराहारी पेट्रोल बिक्री हुने गरेकोमा आज ठप्प रहेको छ ।

बिहीबार बसेको आयल निगम सञ्चालक समिती बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिशन कटौती गर्ने निर्णय गरेको थियो । इन्धन खरिद रोक्दा अब बजारमा इन्धन अभाव हुने भएको छ ।

शुक्रबार​ २० फागुन २०७८ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया