काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।
उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ ।
विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।‘
टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ ।
जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । सबै सुरक्षित छन् ।
प्रतिक्रिया