काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु हुनुअघि उनीहरूबीच बिहीबार होटल याक एण्ड यतीमा भेटवार्ता भएको
“आज भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग द्विपक्षीय भेट गर्न पाउँदा खुसी लागेको छ । हामीले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको सहअध्यक्षता पनि गर्यौं,” परराष्ट्रमन्त्री साउदले भनेका छन् ।
परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाएका
“आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत क्षेत्रगत विषयमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भयो,” उनले भने ।
भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएका हुन् । उनले काठमाडौं आएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले बिहीबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको
प्रतिक्रिया