×

बढ्यो हवाई भाडा

images

काठमाडौं ।  नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ । 

हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बढेको फ्युल सरचार्ज बुधबारदेखि लागू गर्न नेपाल वायुसेवा निगम, बुद्ध, यति, श्री, समिट, तारा र सीता एयरलाइन्सलाई मंगलबार पत्राचार गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ। काठमाडौं-धनगढी ९० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६० रुपैयाँ र काठमाडौं–सुर्खेत ६५ रुपैयाँले भाडा वृद्धि भएको छ।

यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं-भैरहवा ४०, काठमाडौं–पोखरा ३० र काठमाडौं–सिमरा १५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ।

मङ्गलबार १८ मंसिर २०८१ ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया