×

नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट

images

काठमाडौं । नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमाको क्रममा यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।


पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

शुक्रबार​ १७ कात्तिक २०८० ०२:११ PM मा प्रकाशित

प्रतिक्रिया