×

जसले गल्ति गर्यो, त्यसले आत्मालोचना गर्नुपर्छ- प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- 'अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।'

शुक्रबारदेखि शुरु भएको बैठक भोलि सकिने बताइएको छ ।

आइतबार​ १९ साउन २०८२ ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया