×

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन प्रमुख सहित दुई जना पक्राउ

images

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यसअघि आइतबार ब्युरोले तीन जनालाई पक्राउ गरेको थियो । ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।

सोमबार १८ असार २०८० ०३:०६ PM मा प्रकाशित

प्रतिक्रिया