×

एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

images

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गर्नुभएको छ । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने मानवीय भावनाका साथ आज सुरु गरिएको केन्द्रले सामाजिक क्षेत्रमा सहयोग गर्नेछ । 

अध्यक्ष ओलीले केन्द्रको घोषणा गर्दै सर्वे भवन्तु सुखिनःको पवित्र भावनाका साथ सामाजिक कार्यमा लाग्न पार्टीका सबै सदस्य र सहयोगीमा आग्रह गर्दै समस्यामा परेका व्यक्तिले एमालेलाई सम्झनुपर्ने बताउनुभयो ।
       
एमालेको उद्योग व्यवसाय विभागका प्रमुख मोतीलाल दुगडले टोलटोलमा निःशुल्क भोजन, स्वास्थ्य शिविर, अपराधपूर्ण क्रियाकलापबाट पीडितको उद्धारलगायतका क्षेत्रमा निरन्तर सेवा गर्ने बताउनुभयो । सो कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेता र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।

आइतबार​ २० चैत २०७८ १०:०६ PM मा प्रकाशित

प्रतिक्रिया