×

राट्र्गुरु योगी नरहरिनाथ १११ औ जन्मजयन्ति

images

काठमाडौ । राष्ट्र गुरु योगी नरहरिनाथको १११ अौ जन्म जयन्ती हिन्दूराष्ट्र स्वभिमान अभियानको आयोजनामा सम्पन्न भयो ।मखँ तारिणी कुमारी माजुको सान्निध्यतामा सम्पन्न कार्यक्रममा सर्वप्रथम कुमारी देवी को पुजन गर्दै कार्यक्रम थालनी गरिएको थियो ।

ॐ नमो देव्यै महादेव्यै शिवाय शततं नम:।
नमः प्रकृत्यै भद्रायै नियता: प्रणता: स्म ताम्।।मत्रोच्चारण सहित केशवप्रसाद चौलागाईंले स्वागत मन्तव्य प्रारम्भ गर्दा सम्पुर्ण वातावरण मन्त्रमय बन्न पुगेको थियो। योगीज्युले जीवन पर्यन्त सनातन धर्मको उत्थानमा लेख,भ्रमण तथा साधना मार्फत पुर्याउनु भएको योगदानको चर्चा गर्दै वहाद्वारा रचना गरिएको कविता वाचन गर्दै स्वागत मन्तव्य टुङ्गाउनु भएको थियो ।

" गोर्खा सैनिक कोटमा कटकमा कैलाशका कुटमा।
गंगाका तटमा हिमाल मुकुटमा राष्ट्रध्वजा भोटमा।।
हल्लिहल्लि वतासले बिजयका बाजा सितै तालमा।
लम्क्यो लम्किरहोस सदा अटलहोस शार्दूलका चालमा।

पुर्व उपकुलपति नन्द बहादुर सिंहले नेपालको सांस्कृतिक जागरणका अगुवा भएको वताउनु हुदै सदैव स्मरण गर्नुपर्ने वताउनु भयो ।१००८ चतुर्भुजाचार्य  स्वामी चुडामणी महाराजले भारत मा समेत गाइको रक्षकालागि योगीज्युले आन्दोलनमा सहयोग गरेको बताउनु भयो ।धर्म निरपेक्ष घोषना गलत रहेको भन्नुका साथै हज गर्न खर्च दिएर पठाउने कुरा प्रति प्रश्न गर्दै अभियान का महासचिव देवेश झा ले तार्किक कुरा गर्नु भयो ।

प्रमुख अतिथिको आशनबाट पुर्व प्रधानन्यायाधीश श्रीमान गोपाल पराजुलि ले सनातन धर्म संस्कृतिको रक्षाका लागि निरन्तर आवाज उठाइ रहेको बताउनु हुदै योगीज्युको योगदानको चर्चा गर्नु भयो ।पुर्व प्रहरी महानिरिक्षक श्री अच्युत कृष्ण खरेल, हिन्दू स्वयम् सेवक संघ नेपालका संघ चालक पुर्व ए आइ जी श्री कल्याण तिम्सिना,विश्वहिन्दु महासंघ वागमती प्रदेश  संयोजक सुश्री जीवन डंगोल को उपस्थिति रहेको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको सभामा सबै स्थान भरिनुका साथै राति भोजनको समेत व्यवस्था गरिएको थियो ।

कार्यक्रम को सभापतित्व पुर्व सर्वोच्च  अदालतका पुर्व न्यायधीश माननीय श्री पुरुषोत्तम भण्डारीले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन विश्व हिन्दु महासंघ नेपालका संगठन सचिव श्रौ प्रह्लाद रेग्मीले गर्नु भएको थियो ।सभापति पुरुषोत्तम भण्डारी बाट मखँ तारिणी कुमारी माजु( कुमारी माता) लाई उपहार दिनुका साथै कुमारी को हातबाट टीका प्रसाद गर्नु भएको थियो ।भक्त जनहरुले श्रद्धा का साथ कुमारी का हातबाट टीका प्रसाद ग्रहण गरि आनन्दित हुनुभएको थियो ।

सोमबार १९ फागुन २०८१ ०७:१४ AM मा प्रकाशित

प्रतिक्रिया