×

योगेशलाई माधवको जबाफ ओलीको दाश भएर बस्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे लाई अध्यादेशको विरोध गर्दा पोलेछ

images

काठमाडौं । अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको भन्दै टिप्पणी गरेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जवाफ फर्काएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको एकीकृत समाजवादीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताएका थिए ।

योगेशको सो अभिव्यक्ति एकीकृत समाजवादी लक्षित थियो । एमालेबाट विभाजन भएर एस गठन भएको हो । उनले सो अभिव्यक्ति दिएपछि संसद्मा नै रहेका पूर्व प्रधानमन्त्ती नेपालले कुनैपनि प्रतिक्रिया दिएका थिएनन् । तर,आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै योगेशको नाम नलिई ओलीको दाश भएर बस्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भन्दै कटाक्ष गरेका हुन् ।

‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भनेका थिए ।

शुक्रबार बसेको संसद् बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीत गर्दै उनले भनेका थिए ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो, त्यो पार्टी अध्यादेश गलत हो भन्दै छ । यो चाहिँ बडा गजब, अचम्म लाग्दो छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठीक छैन भनिरहेको छ । यो के हुन लागिरहेको नेपालमा ? अचम्मै भइराखेको छ,’ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा अध्यादेश ल्याएर एमाले विभाजन गरि नेपालले नयाँ पार्टी गठन गरेका थिइ । सिंगो एमालेको पालामा माधव नेपाल गुटमा नै रहेका योगेश पार्टी फुटको बेलामा भने दश बुँदे सहमति गर्दै मूलघरमा नै बसेका थिए ।

सोमबार २१ माघ २०८१ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया