काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र आज छलफलका लागि सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेलाई पनि केही सिट छुट्याउनु पर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं, जसपा र एकीकृत समाजवादीसँग पनि हामी विच भएको छलफल जानकारी गराउँछौं,’ ई सन्चारपाती लाई ती नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ ।’
प्रतिक्रिया