×

आजको मौसम- पहाडमा सफा, तराईमा हुस्सु र कुहिरो

images

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले हुस्सु र कुहिरोपछि हल्का घाम लागिरहेको छ । उपत्यका र आसपासका क्षेत्र तथा पहाडी भेगमा लागेको हुस्सु अब घाम लागेसँगै हटेर जाने मौसमविद् सञ्जिव अधिकारीले बताए । यस्तै तराईका धेरै भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईमा आज दिउँसो अबेर घाम लाग्ने उनले बताए ।

नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास नभएकाले अझै केही दिन पानी नपर्ने मौसमविद् अधिकारीले बताए ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बाग्मती प्रदेशका केही पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

बुधबार १८ पुस २०८० १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया