×

नेता आङ्देम्बेको आरोप: 'प्रधानमन्त्रीले रोस्टममा बोले जस्तो बाढी प्रभावित क्षेत्रको अवस्था छैन'

images

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीषण आङ्देम्बेले प्राकृतिक विपत्तिका कारण देश गम्भीर संकटमा परेका बेला सरकारको उपस्थिति कमजोर देखिएको टिप्पणी गरेका छन्।

बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र राहत वितरणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङ्देम्बेले नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरू सुरुदेखि नै प्रभावित क्षेत्रमै खटिएर उद्धार र राहतमा जुटिरहेको दाबी गरे।

"हामी (कांग्रेस) निरन्तर बाढी प्रभावित क्षेत्रमै छौँ र जनताको दुःखेसो सुनिरहेका छौँ," आङ्देम्बेले भने, "तर प्रधानमन्त्रीले रोस्टममा उभिएर परिस्थिति नियन्त्रणमा छ र उद्धार कार्य चुस्त छ भनेर बोले जस्तो अवस्था मैदानमा अलिकति पनि राम्रो छैन।" उनले सरकारी संयन्त्रको ढिलासुस्तीका कारण कतिपय दुर्गम स्थानमा राहत र औषधि अझै पुग्न नसकेको बताए।

नेता आङ्देम्बेले विपत्तिको यो कठिन परिस्थितिमा भाषण र प्रचारभन्दा पनि वास्तविक पीडितसम्म तत्काल गाँस, बास र कपासको पहुँच पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। साथै, प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन र पूर्वाधारहरूको शीघ्र पुनर्निर्माण गर्न उनले ध्यानाकर्षण गराएका छन्। 

बुधबार १७ भदौ २०८३ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया