×

अभिनेताद्वय शाहरुख र विक्रान्त तथा अभिनेत्री रानीलाई नेशनल अवार्ड

images

काठमाडौँ । भारतको ७१औं राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा गरिएको छ । सन् २०२३ मा रिलिज भएका फिल्महरु मध्येबाट सरकारले दिने ७१औं राष्ट्रिय पुरस्कारको घोषणा गरिएको हो ।

फिचर फिल्म श्रेणीमा, हिन्दी चलचित्र 'ट्वेल्थ फेल' ले उत्कृष्ट चलचित्रको उपाधि जितेको छ । त्यस्तै मनोरञ्जनात्मक लोकप्रिय चलचित्रहरूको श्रेणीमा करण जोहर निर्देशित 'रकी रानी की प्रेम कहानी' ले पुरस्कार जितेको छ ।

त्यस्तै यस पटक मुख्य भूमिकामा उत्कृष्ट अभिनेताको पुरस्कार दुई कलाकारलाई दिइएको छ । यो पुरस्कार 'जवान' को लागि शाहरुख खान र 'ट्वेल्थ फेल' को लागि अभिनेता विक्रान्त मेसीलाई दिइएको छ ।

त्यस्तै फिल्म 'मिसेस चटर्जी भर्सेस नर्वे' मा गरेको अभिनयको लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको छ ।

त्यसैगरी 'द केरला स्टोरी' का निर्देशक सुदिप्तो सेनलाई उत्कृष्ट निर्देशकको राष्ट्रिय पुरस्कार दिइएको छ ।

त्यस्तै संगीत विधामा, शिल्पा रावलाई जवानको 'चलैया' गीतको लागि उत्कृष्ट महिला पार्श्व गायिकाको रूपमा छनोट गरिएको छ भने र तेलुगु फिल्म बेबीको 'प्रेमिस्ठुना' गीतको लागि पीभीएनएस रोहितलाई उत्कृष्ट पुरुष पार्श्व गायकको रूपमा छनोट गरिएको छ ।

त्यस्तै गैर-फीचर फिल्म विधामा, सौम्यजीत घोष दस्तीदारद्वारा निर्देशित फ्लावरिङ म्यान (हिन्दी) लाई उत्कृष्ट फिल्मको पुरस्कार दिइएको छ । उत्कृष्ट सहायक अभिनेताको पुरस्कार विजयराघवनलाई फिल्म 'पोक्कलम' (मलयालम) र एमएस भास्करलाई फिल्म 'पार्किङ' (तमिल) को लागि राष्ट्रिय पुरस्कार दिइएको छ ।

शनिबार १८ साउन २०८२ ०८:१० AM मा प्रकाशित

प्रतिक्रिया