×

बादलका सल्लाहकार इन्द्रजित राईका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

उनी पक्राउ परेसँगै उनका छोरा निरज राईविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । राईलाई सादा पोशाकमा रहेको प्रहरी टोली आज (मंगलबार) विहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

हाल एमालेका उपाध्यक्ष रहेका बादल ०७४ सालमा गृहमन्त्री बनेका थिए । बादल गृहमन्त्री रहँदा राई ठगी धन्दामा संलग्न रहेको प्रहरीको दाबी छ । यसअघि सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

मङ्गलबार १९ बैशाख २०८० ०९:२७ PM मा प्रकाशित

प्रतिक्रिया