×

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ । अर्याल अहिले पार्टीको उपसभापति पदमा छन्। सभामुख बनेपछि उनले पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ।

बिहीबार १९ चैत २०८२ ०७:३५ PM मा प्रकाशित

प्रतिक्रिया