×

छाँयादेवी कम्प्लेक्सको आइपिओ निष्काशन बिरुद्ध धितोपत्र बोर्डमा उजुरी

images

काठमाडौं । कमलपोखरी हडपेर निर्माण भएको छायाँदेवि कम्प्लेसले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ । छायाँदेवि कम्प्लेक्सले विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

छायाँदेवि कम्प्लेक्स निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला आइपिओ निष्काशन गर्न लागिएको भन्दै अभियान्ताहरुले विरोध गरेका हुन् ।

नेवारी सभ्यता थबहिलसँग जोडिएको कमलपोखरी ४३ जनाभन्दा बढी भूमाफियाको मिलेमतोमा हडपिएको थियो । अहिले सोही कमलपोखरी हडपेर पृथ्वीबहादुर पाण्डेले आफ्नी आमा छाँयादेवि पाण्डेको नाममा १५ तले महल बनाएका हुन् । 

 

 

शनिबार १९ चैत २०७८ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया