×

मिटरब्याजीको समस्या कानून बनाएरै समाधान गछौं- गृहमन्त्री श्रेष्ठ

images

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार हरहालतमा तयार रहेको र छिट्टै अधिकार सम्पन्न आयोग बनाउँने बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पहिला आफैंले सर्लाहीको मिटरब्याज पीडितको मुद्दालाई उठाएर सरकारको ध्यानाकर्षण गराएको र पीडितको नेतृत्व गरेको बताउँदै उनले अब सबै पीडितको समस्या समाधानका लागि आयोग बनाएर छिट्टै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गर्ने स्पस्ट पारे ।  
उनले भने, ‘जाँचबुझ आयोग अन्र्तगत आयोगनै बनाउँने दुई पक्षीय सहमति गरेका छौं ।

अब बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट त्यसलाई पारीत गर्ने गरि हामि अगाडि बढ्दैछौं।’  उनले पहिला बनेको कार्यदलले दिएको प्रतिवेदनले आवस्यक ऐन संशोधनका लागि सिफारीस गरेको भन्दै त्यसलाई संशोधन गरेर ऐन बनाउँने बताए ।

सरकारले आयोग बनाएपछि उक्त आयोगलाई कार्बाही गर्न सक्ने गरि अधिकार सम्पन्न बनाउने जानकारी दिए । आयोगले प्रभावित क्षेत्रमै पुगेर काम गर्ने उनको धारणा थियो । 

सांसद रघुजी पन्त, प्रेम सुवाल लगाएतले पीडितलाई तत्काल आर्थिक राहत चाहिएकाले आयोग बनाउँने कुरा धुवाँको पर्दा हुने त होइन् भन्दै सरकार प्रति संसय ब्यक्त गरेका छन् । 

आइतबार​ १९ चैत २०७९ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया