काठमाडौँ -काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहरा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ। अहिले उनकाे सिभिल अस्पतालमा उपचार भइरहेकाे छ। त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको एसपी बोहराले बताए ।
प्रतिक्रिया