×

पर्यटकीयस्थल देउराली डाँडामा बौद्ध स्तुपा

images

पर्यटन प्रवद्र्धन गर्न भार्सेको देउराली डाँडामा बौद्धस्तुपा निर्माण गर्न थालिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडामा लुम्बिनी प्रदेशकै दोस्रो ठूलो स्तुपा निर्माणकार्य थालिएको हो । समुद्री सतहबाट दुई हजार १८० मिटर उचाइमा पर्ने सो डाडाँमा यही फागुन १३ गतेदेखि निर्माण थालिएको हो । स्तुपाको आगामी असार मसान्तसम्म कार्यसम्पन्न हुनेछ । 

उक्त दिन लुम्बिनीबाट चार र श्रीलङ्काबाट एक बौद्ध धर्मालम्बी आई स्तुपाको निर्माण थालेका थिए । असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको काममा बौद्धस्तुपा, भ्यू पोइन्ट, मनोरञ्जनस्थल, पिकनिक स्पोर्ट, फोटा खिच्ने ठाउँलगायतका संरचना निर्माण गरिने निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 


स्तुपा निर्माणका लागि करिब रु डेढ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ एवं जुहाङ र हर्राचौरका नागरिकले स्तुपा निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । स्तुपा निर्माणका लागि स्थानीय एवं युकेका लेफ्टेन हाल हङकङ बस्ने कुलबहादुर बुढाथोकीको नेतृत्वमा अहिलेसम्म रु ५५ लाख रकम जुटेको छ ।

माछा मार्ने क्रममा एकको मृत्यु

गुल्मीमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौर निवासी २६ वर्षीया सरिता थापाको मृत्यु भएको हो । उहाँ सोही स्थानकै हुग्दी खोलामा करेन्ट लगाएर माछा मार्न जानुभएको थियो । करेन्ट लगाउँदा बेहोस् हुनुभएकी उहाँलाई स्थानीयवासीले अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो ।

बुधबार १८ फागुन २०७८ ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया