×

प्रथम मुस्ताङ फियस्ता महोत्सब आजबाट सुरु 

images


 काठमाडौं।  प्रथम मुस्ताङ फियस्ता महोत्सब बौद्ध स्थित तारा गाँउ सङ्राहलयमा आज देखी सुरु भएको छ  ।  महोत्सबमा  मुस्ताङको  विविध जनजिवनको पक्षका  बारेमा  उजागर गर्न आजदेखि  दुई दिन सम्म प्रदशन हुने भएकोे छ  ।

नेपाल पर्यटनबोर्डको  साथै विभिन्न संघसस्थाको सहयोग रहने जानकारी  लो मुस्ताङ वेयलफेर टस्टले जनाएका  छन । 
प्रमुख अतिथि चोगे त्रिचेन रिनचेन पालजोर रिन्पोछे र अमेरिकी दुतावास जनसम्पर्क प्रमुख ग्यारेट इ विल्केरशनले मुस्ताङी परम्परा अनुसार उद्द्दाटन गर्नु भएको थियोे ।  
उद्घाटन पश्च्यात महोत्सबमा प्रदशन गर्न राखेका मुस्ताङकी जनजिवनमा प्रयोग हुने बिभिन्न साम्रगीहरुको स्टलहरु अवलोकन  गरेका थिए । सो महोत्सवले मुस्ताङलाई पर्यटकिय रुपमा चिनाउन थप सहयोग पुग्ने  बिश्वास महोत्सव आयोजकले लिएका छन । कार्यक्रममा मुस्ताङ जिल्लाबासीहरुको पनि उल्लेख्य उपस्थिती थियो ।

शुक्रबार​ १९ माघ २०८० ०२:३१ PM मा प्रकाशित

प्रतिक्रिया