×

सातको तेस्रो दिन कारोबार सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटे

images

काठमाडौं । सातको तेस्रो दिन कारोबार सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ ।  । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्से आज ३०.०५ अंक घटेर २०३०.१० विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ४.५४ अंक, फ्लोट इण्डेक्स २.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंकले घटेको छ। कारोबार भने आज ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । तर, चिरख्वा हाइड्रोपावर, मृक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।चिखुवा खोला हाइड्रोपावरको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले घटेको छ । 

मङ्गलबार १७ पुस २०८० ०४:२३ PM मा प्रकाशित

प्रतिक्रिया