×

 सन् २०२३ मा ईयूको रक्षा खर्च २७० अर्ब युरो पुग्ने 

images

युक्रेनविरुद्ध रूसको युद्धका कारण सन् २०२३ मा युरोपेली सङ्घ (ईयू) को सैन्य खर्च २७० अर्ब युरो (२९५ अर्ब अमेरिकी डलर) पुग्ने युरोपेली सङ्घका प्रमुख चाल््र्स मिशेलले बिहीबार बताउनुभएको छ । मिशेलले भन्नुभयो, “युरोपेली सङ्घले खर्चको राम्रो समन्वय गर्न र समूहले एकसाथ छिटो काम गर्न सक्दछ भन्ने सुनिश्चित गर्न ‘रक्षाका लागि एक बजारको दिशा जानुपर्छ’ ।”

“हामी हाम्रो रक्षा उद्योगलाई स्पष्ट सन्देश दिइरहेका छौंः उत्पादन गर्नुहोस् र हामी खरीद गर्नेछौं,” मिशेलले ब्रसेल्सको एक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको चौतर्फी आक्रमणले युरोपलाई आफ्नो पूर्वी छिमेकीको खतराको सामना गर्न सक्षम हुन प्रतिरक्षामा थप लगानी गर्न आवश्यक छ भन्ने देखाएको छ । 

मिशेलले भन्नुभयो, “यो वर्ष मात्रै ईयूका सबै सदस्य राष्ट्रको कूल रक्षा खर्च करिब २७० अर्ब युरो रहेको छ ।” ईयूका २७ सदस्य राष्ट्रहरूले नयाँ हार्डवेयरको खरिदमा वृद्धि गरेपछि सन् २०२१ मा खर्च २४० अर्ब युरो पुगेको थियो, जुन आफैमा समग्र छ प्रतिशतको एक उच्च वृद्धि हो । 

यूरोपेली रक्षा निकाए (ईडीए) का अनुसार सन् २०२२ मा छ देशले आफ्नो खर्चमा १० प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् भने नेटो आवेदक स्वीडेनले ३० प्रतिशतभन्दा बढी खर्च गरेको छ । इडीएका प्रमुख तथा ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भन्नुभयो, “हाम्रो सशस्त्र बल अझै बढी माग गर्ने युगका लागि तयार हुनुपर्छ ।”

उहाँले भन्नुभयो, “यी नयाँ वास्तविकतासँग घुलमिल हुनुभनेको सबैभन्दा पहिला रक्षा क्षेत्रमा लगानी गर्नु हो । तर वृद्धिको बावजुद समूहले अझै पनि ‘प्रमुख क्षमता अन्तर’ को सामना गरिरहेको छ र ‘विश्वका अन्य राष्ट्रहरूभन्दा पछाडि रहेको छ । 

शीतयुद्धको अन्त्यपछि दशकौंसम्म रक्षा खर्चमा गिरावट आएको क्रेमलिनले सन् २०१४ मा युक्रेनबाट क्रिमिया कब्जा गरेपछि हरेक वर्ष खर्च बढ्न थालिसकेको बताएको छ ।  रूसी सरकारले सन् २०२४ का लागि आफ्नो सैन्य खर्चमा ६८ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । इडीएले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२२ मा रक्षा लगानीका लागि ईयूमा हालसम्मकै उच्च ५८ अर्ब युरो विनियोजन गरिएको उल्लेख गरेको छ ।

तर अनुसन्धान र प्रविधि विकासमा खर्च हुने रकममा भने केही कमी आएको छ । युरोपेली सङ्घका देशहरूले युक्रेनलाई रूसविरुद्ध लड्न सहयोग गर्न अर्बौं युरो बराबरको हतियार पठाएका छन् ।  युद्धले उब्जाएको नयाँ मागको सामना गर्न युरोपेली रक्षा कम्पनीहरूलाई आफ्नो उत्पादन बढाउन ब्रसेल्सले कोसिस गरिरहेको छ । 

ईयूले सदस्य राष्ट्रहरूलाई संयुक्त सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको छ र देशहरूले युक्रेन र उनीहरूका आफ्नै सेनाका लागि ‘तोप गोला’ मगाउन थालेका छन् । तर औद्योगिक क्षमता निर्माण गर्न समय लागेको छ र समूहले मार्चसम्ममा युक्रेनमा १० लाख तोप गोला पठाउने १२ महिनाको लक्ष्य पूरा गर्न नसक्ने अनुमान गरिएको छ ।

शुक्रबार​ १५ मंसिर २०८० १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया