×

कोशी प्रदेश सरकार- सभामुख गौतमले राजीनामा दिने, मुख्यमन्त्रीमा पुन:काङ्ग्रेस नेता उद्धव थापा !

images

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लाएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेस गर्ने भएको हो । यद्यपि अहिलेसम्म गठबन्धनले मुख्यमन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति गर्न सकेको छैन । गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो । 

कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनमा एमालेको ४० र राप्रपाको ६ गरी ४६ मत छ। राप्रपालाई सरकारमा सहभागी गराउने सत्ता गठबन्धनको प्रयास बिफल बनेपछि सभामुख गौतमको राजीनामा नै अन्तिम विकल्प बनेको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलुकी ५ बजे सकिंदैछ ।

मङ्गलबार १६ साउन २०८० ११:४० AM मा प्रकाशित

प्रतिक्रिया