काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ -१ बाट भारी मतान्तरसहित निर्वाचित सांसद डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्थ नीति विभाग प्रमुखमा चयन भएका छन् ।
रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।
संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको छ ।
प्रतिक्रिया