×

वडाध्यक्ष यादवको निधन

images

सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित ५१ वर्षीय यादवको आज उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको परिवारले बताएको छ । 

गत फागुनमा काठमाडौँबाट उपचार गरेर आएका वडाध्यक्ष यादव दुई दिनअघि गाउँकै बजार आएको बेला बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारका लागि विराटनगर पु¥याईको र उपचारका क्रममा निधन भएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिनुभयो । उहाँ नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

शुक्रबार​ १८ चैत २०७८ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया