×

प्रधानमन्त्री ओलीलाई बालेनको सुझाव, मलाई हराउने ताकमा देशलाई नडुबाउनू

images

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउनुको साटो झनै सम्बन्धमा दरार पैदा भएको छ।

मेयर शाहले प्रधानमन्त्री ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् । उनले प्रधानमन्त्री ओलीमाथि भोको पेट मारेर आफूलाई हराउन खोजेको गम्भीर आरोप लगाएका छन् । तर, आफूलाई हराउने ताकमा देशलाई चाहीँ नडुबाउन उनले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । आफू एमालेका तत्कालिन महासचिव तथा जननेता मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे भनेका छन् ।

पछिल्लो समय काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाईएको भन्दै बालेन संघीय सरकारसँग रुष्ट छन् । संघीय मामिला मन्त्रालयको नेतृत्व पनि एमालेकै राजकुमार गुप्ताले गरेका छन् ।

उनले लेखेका छन्-

प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!

शनिबार १७ फागुन २०८१ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया