×

बढ्यो सुनको मूल्य

images

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला दुई सय ४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच ९८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आइतबार​ १७ फागुन २०८२ ११:३९ AM मा प्रकाशित

प्रतिक्रिया