×

ह्वात्तै घट्यो सुनको मुल्य

images

काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।

आइतबार​ १९ माघ २०८२ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया