×

नेप्से दोहोरो अंकले घटेर बन्द

images


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७ दशमलव ०१ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकसंगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब १८ करोड ६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १८ वटाको बढेको छ भने २२७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये समाज लघुवित्त वित्रीय संस्था लिमिटेडको शेयरमूल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ता ५८२.९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.४२ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ५४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार १८ माघ २०८० ०५:०५ PM मा प्रकाशित

प्रतिक्रिया