×

आईओसी बाट बढेर आयो इन्धनको मूल्य

images

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर प्राप्त भएको छ ।

कर्पोरेशनले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँका दरले मूल्य बढेकाे भने मट्टितेलमा भने केही घटेर आएको आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नयाँ मूल्य आजै रातिबाट लागू हुनेछ ।

निगमका अनुसार एलपी ग्याँसमा रु. ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने देखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । यद्यपी नेपालमा भने निगमले तत्काल मूल्य नबढाउने जानकारी गराएको छ ।

आइतबार​ १७ पुस २०७९ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया