काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ । आज ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३३.७६ बिन्दुमा पुगेको हो ।
आज नेप्से बढ्दा कारोबार भएकामध्ये १६३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ८९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज एसवाई प्यानल कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने बिन नेपाल लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से दोहोरो अंकले बढ्दा सबै समूहको उपसूचक पनि सकारात्मक रहन पुगेको छ ।
प्रतिक्रिया