×

मलाई कुनै पदको लोभ छैन - प्रधानमन्त्री ओली

images

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताएका छन्। आज शनिबार संघीय राजधानी काठमाडौंमा आयोजत एक कार्यक्रममा उनले आफू समयभन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए। साथै 

श्रीलंका र बंगलादेशबाट सिक भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने जवाफ दिए । नेपाल कुनै देशको फोटोकपी मेशिन नभएको र यहाँ आफ्नै इतिहास र परम्परा रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरूद्ध आवाज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको आरोप समेत लगाए । “मलाई मन नपराउनेहरूलाई खुशीको खबर भनिदिन चाहन्छु। अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन बाँकी छ। त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ”, उनले भने।

राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक आपराधिक कार्यमात्रै भएको उनको विचार थियो । प्रधानमन्त्री ओलीले नेपाल श्रीलंका र बंगलादेश जस्तै हुनसक्ने धम्कीबाट आफू नडराउने भन्दै अब कुनै पनि किसिमको हिंसा सम्भव नभएको बताएका हुन् ।

उनले आधा शताब्दीभन्दा बढि समयदेखि देश बनाउने अभियानमा लागेका कारण आफूलाई पशुपति जलहरी जस्ता विभिन्न प्रकरणमा झुटा आरोप लगाउने गरिएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफुलाई पदको कुनै लोभ नभएको पनि जिकिर गरे । आफ्नो प्रधानमन्त्रीको कार्यकाल सकिनु अघि नै सहज रूपमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने उनले बताए ।

शनिबार १५ भदौ २०८१ ०७:२७ PM मा प्रकाशित

प्रतिक्रिया