×

लस एन्जलस ओलम्पिकमा क्रिकेट टिमको यसरी हुदैछ छनौट

images

काठमाडौँ । पूर्व टी-२० विश्व विजेता पाकिस्तान र न्युजिल्याण्डका पुरुष क्रिकेट टिम लस एन्जलस ओलम्पिक २०२८ बाट बाहिरिन सक्ने देखिएको छ । यसको मुख्य कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ओलम्पिक छनोटको लागि तय गरेको क्षेत्रीय छनोट प्रणाली हो ।

१२८ वर्षपछि क्रिकेट २०२८ ओलम्पिकमा पुनरागमन गर्दैछ, जसमा पुरुष र महिला टिमका ६-६ देशले खेल्दैछन् ।

आईसीसीले ओलम्पिकको लागि क्षेत्रीय छनोट प्रणाली लागू गर्ने निर्णय गरेको छ । यस अन्तर्गत, एसिया, ओशिनिया, युरोप र अफ्रिकाका शीर्ष स्थानमा रहेका टोलीहरू स्वतः छनोट हुनेछन् । अमेरिका (अमेरिका क्षेत्रको प्रतिनिधित्व गर्ने) ले पनि आयोजक देशको रूपमा प्रत्यक्ष प्रवेश पाउनेछ ।

अब वेस्ट इन्डिजका टोलीहरू पनि यस प्रणालीबाट प्रभावित हुन सक्ने देखिएको छ, किनकि क्यारिबियन देशहरू अमेरिकासँगै एउटै क्षेत्रमा राखिएको छ । हालको टी-२० वरियताको आधारमा, भारत (एसिया), अष्ट्रेलिया (ओशियाना), ग्रेट ब्रिटेन (युरोप), र दक्षिण अफ्रिका (अफ्रिका) सिधै छनोट हुनेछन् । अमेरिकाले आयोजकको रूपमा भाग लिनेछ ।

यद्यपि, न्यूजील्याण्ड (हाल टी-२० वरियतामा चौथो स्थानमा छ) ले अष्ट्रेलिया (दोस्रो स्थानमा छ ) को अगाडि ओशिनिया क्षेत्रबाट छनोट हुने मौका पाउने छैन । त्यस्तै, पाकिस्तान (आठौं स्थानमा छ) र श्रीलंका (सातौं स्थानमा छ) ले एसिया क्षेत्रबाट भारतको अगाडि स्थान पाउने छैनन् ।

रिपोर्ट अनुसार, पाकिस्तान र न्यूजील्याण्ड आइसीसीको यो निर्णयबाट असन्तुष्ट बनेका छन् । यद्यपि, प्रस्तावलाई आइसीसी बोर्डको औपचारिक स्वीकृति प्राप्त हुन बाँकी छ, तर यो परिवर्तन हुने सम्भावना नरहेको बताइएको छ ।

आश्चर्यजनक रूपमा, आयोजक भए पनि, अमेरिकाको सहभागिता पनि अनिश्चित छ । ओलम्पिक चार्टरको नियम अनुसार, अमेरिकाले प्रतियोगितामा भाग लिन अमेरिकी ओलम्पिक तथा प्यारालिम्पिक समितिबाट राष्ट्रिय परिचालक निकायको मान्यता प्राप्त गर्नुपर्नेछ ।

यदि अमेरिकाले यो मान्यता प्राप्त गर्न असफल भयो भने, यो प्रतियोगिताबाट बाहिरिनुपर्ने हुन सक्छ । 

महिला प्रतियोगिता छनोट:

महिला टी-२० प्रतियोगिताको लागि छनोट अर्को वर्ष हुने टी-२० विश्वकपको आधारमा तय गरिने भएको छ । यसरी, पुरुष र महिला प्रतियोगिताको लागि छुट्टाछुट्टै छनोट प्रक्रियाहरू अपनाइनेछ ।

यस अघि क्रिकेटलाई ओलम्पिकमा एक पटक मात्र समावेश गरिएको थियो। १२८ वर्षपछि क्रिकेट ओलम्पिकमा फर्किनेछ । पहिले १९०० पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो । त्यसपछि ग्रेट ब्रिटेन र फ्रान्सका टोलीहरूले यसमा भाग लिए । ग्रेट ब्रिटेनले स्वर्ण पदक र फ्रान्सले रजत पदक जिटेको थियो । दुई टोलीबीच एउटा मात्र खेल खेलिएको थियो र सो खेललाई फाइनल घोषित गरिएको थियो ।

 

बिहीबार १६ साउन २०८२ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया